मिति २०८३ साल भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय एवम् महाविनासकारी भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति हामी अत्यन्त दुःखी र मर्माहत भएका छौं ।यस विनाशकारी प्राकृतिक विपदामा परी अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै आफ्ना प्रियजन गुमाउनु भएका सम्पूर्ण शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछौं ।






